४७ सालको भुत जाग्यो : बाबुराम

Posted by Nepal News on Tuesday, January 20, 2015 0


काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पहिचान र अधिकारसहतिको संविधानका लागि संविधानसभाबाट जनबिद्रोह सुरु भएको बताउनुभएको छ ।

मंगलबार दिउँसो काठमाडौंको बिजुलीबजारमा दिनभरको बन्द समापनमा बन्दकर्तालाई सम्बोधन गर्दै भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेमाथि २०४७ सालको जस्तै संविधान बनाउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । उहाँले अधिकार र पहिचानसहितको संविधानका लागि संविधानसभाबाट जनबिद्रोह सुरु गरेको बताउनुभयो ।

भट्टराईले ४७ साले भूत जागेको र आफूहरुले संविधानसभाबाट जनविद्रोह सुरु गरेको’ तर्क गर्नुभयो ।

एमाओवादी नेता डा. भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेलाई २०४७ सालका भूतको शंज्ञा दिँदै  दुई दलले संविधानसभा नियमावली विपरित प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्न खोजेर संविधानसभाको हत्या गरेको आरोप पनि लगाउनुभयो ।

संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता एजेन्डा आफ्नो पार्टीको भएको दलील गर्दै भट्टराईले ती उपलब्धि प्राप्त नगर्दासम्म संघर्ष कायमै रहने बताउनुभयो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top