नेपाल संसारकै सस्तो दोस्रो मुलुक

Posted by Nepal News on Monday, January 19, 2015 0

काठमाडौ । बन्द हड्ताल र राजनीतिक अस्थिरताजस्ता कारणले अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार भइरहेका बेला पर्यटन क्षेत्रमा आशा जगाउने समाचार सार्वजनिक भएको छ ।

छिमेकी भारतसँगै नेपाल संसारकै सस्तो गन्तब्यका रुपमा दरिएको छ । विश्व पर्यटन जगतलाई नै आश्चार्यचकित बनाउने गरी भारत सवै भन्दा सस्तो मुलुक बनेको छ । नेपाल दोस्रोमा छ, कारोबार दैनिकमा खबर छ ।

खाद्यान्न, आयात, रेष्टुरेन्ट र उपयोगिताका अन्य औजारको मूल्यका आधारमा निर्धारण हुने उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अनुसार ‘मुब हब’ नामक अन्तर्राष्ट्रिय संस्थाले यो सूची सार्वजनिक गरेको हो ।

अमेरिकाको न्यूयोर्क सहरको तुलनामा हुने जीवनयापन लागतका आधारमा सस्तो र महंगो मुलुकको वर्गीकरण गरिएको छ । कुनै पनि मुलुकको सीपीआई ७० अंकमा छ भने उसलाई न्यूयोर्कको तुलनामा ३० प्रतिशत सस्तो मानिन्छ ।

नेपालमा खाद्यन्न र बसोबास सस्तो रहेको सन्देशले पर्यटकको आकर्षण बढ्नेछ । तर, यसले विशिष्ट र बढी खर्च गर्ने पर्यटक नआउने जोखिम पनि उत्तिकै हुने जानकारहरु बताउँछन् ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top