नेपालको सानदार दोस्रो जित

Posted by Nepal News on Tuesday, January 20, 2015 0

काठमाडौं । आइसीसी वल्र्ड क्रिकेट डिभिजन टु प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । नामिवियामा जारी प्रतियोगितामा मंगलबार नेपालले क्यानडाविरुद्ध ७ विकेटको सानदार जीत हासिल गरेको हो । 

नेपालले २३ दशमलब १ ओभरमा १ सय १५ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दै प्रतियोगितामा दोस्रो सफलता प्राप्त गरेको हो । टस जितेर ब्याटिङ गरेको क्यानडा ४ बल अगावै सबै विकेट गुमाएर १ सय १४ रनमा समेटिएको थियो ।

कप्तान पारस खड्काले ७७ रनको योगदान गर्दै नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् । सुवाष खकुरेल र नरेश बुढाऐर खाता नखोली आउट भएपछि क्रिजमा आएका कप्तान पारस र उपक्तान ज्ञानेन्द्र मल्लले नेपालको जितमा आधार खडा गरेका थिए ।
नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका करणले २ मेडन राख्दै ५ विकेटका साथ २६ रन खर्चिए । अर्का बलर सोमपाल कामीले पनि २ मेडन राख्दै २ विकेटका साथ २८ रन खर्चिए ।

पारस खड्काले १ विकेट लिएर २ मेडनका साथ १७ रन खर्चिए। त्यस्तै बसन्त रेग्मी पनि १० ओभर बलिङ गर्दै १ मेडन राखेर २४ रन खर्चिए। अन्तिम बलरका रुपमा आएका शक्ति गौचनले ५।२ ओभर खेलेर एक विकेटका साथ ५ रनमात्र दिए।
यसअघिको दुई खेलमा नेपालले एउटामा पराजय र एउटामा विजय हासिल गरेको थियो । पहिलो खेलमा युगान्डासँग २ रनको झिनो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा बलियो प्रतिद्वन्द्री नेदरल्यान्ड्समाथि २ विकेटले विजय हासिल गरेको थियो । 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top