संविधान नदिएपछि शीर्ष नेताको किरिया

Posted by Nepal News on Saturday, January 24, 2015 0


कपिलवस्तु । दलहरुले माघ ८ मा संविधान दिन नसकेकोमा त्यसको विरोध गर्दै कपिलवस्तुमा एकजना बृद्ध शीर्ष नेताहरुको ‘किरिया’मा बसेका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका ८ भक्तौलीका ६१ वर्षीय कृष्णदेव पोख्रेल हिन्दु वैदिक परम्परा अनुसार शुक्रबार रातीदेखि किरियामा बस्नुभएको हो ।

‘हामीले भोट दिएर नेताहरुलाई संविधान सभामा संविधान बनाउन पठाएका हौं’ पोख्रेलले भन्नुभयो, ‘हाम्रो लागि यी सबै देलका शीर्ष नेता भए र नभएको उस्तै छ, त्यसैले मैले व्यंग्य स्वरुप उनीहरुको किरिया थालेको हो ।’

आफ्नो घरमा किरियामा बसेका पोख्रेलप्रति गाउँलेहरुले पनि समर्थन जनाएका छन् ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top