बन्दले राजधानीलगायत देशभरको जनजीवन प्रभावित, ठाउँठाउँमा दर्जनौँ सवारीमा तोडफोड तथा आगजनी

Posted by Nepal News on Tuesday, January 20, 2015 0


 



काठमाडौं एमाओवादीसहितको ३० दलीय मोर्चाले गरेको बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको

विहानैदेखि बन्दकर्ताहरु राजधानीको मुख्य चोकमा नाराबाजीसहित उत्रिएका छन् राजधानीका मुख्य सडक चोकका पसलहरु खुलेका छैनन्

उग्ररुपमा प्रस्तुत भएका बन्दकर्ताहरुले राजधानीका विभिन्न स्थानमा केही सवारी साधनमाथि तोडफोड गर्नुका साथै आगजनी गरेका छन्
 
यसक्रममा उनीहरुले बिहानै साढे बजे ललितपुरको झम्सिखेल ठाडोढुंगामा बा ८०६४ नम्बरको ट्याक्सी जलाए त्यस्तै ललितपुरको बालकुमारी भक्तपुरमा पनि पार्किङ गरिराखेको एउटा ट्याक्सी बन्दकर्ताले जलाएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जानकारी दिएको

बन्दकर्ताले गौरीघाटमा बसमा ढुंगाले हानेर सिसा फुटाइदिएका छन् बन्द कर्ताले  ढुंगेधारामा पनि बा ८२२२ नम्बरको ट्याक्सीमा पेट्रोल छर्केर आगजनी गरेका छन् वीर अस्पताल, बालाजु, कोटेश्वर  नजिकै पनि एक मोटरसाइकलमा तोडफोड भएको बानेश्वरमा बन्दकर्ता प्रहरीबीच झडप भएको संयुक्त राष्ट्र संघको एउटा बाइक पनि तोडफोड भएको
 
यसैगरी काठमाडौंको विजुली बजारमा बन्दकर्ताले बा ३० १३६४ नम्बरको बाइकमा आगो लगाएर जलाएका छन् बन्दको उल्लंघन गरेको भन्दै उनीहरुले चालकलाई पनि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् मोटरसाइकल चालक बन्दकर्ताको पञ्जाबाट उम्केर भागेका छन् मोटरसाइकल कसको हो भन्नेबारे घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गरिरहेको

विभिन्न स्थानबाट सय भन्दा बढी बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको

बन्दकर्ताले पोखरामा ग१ २१५९ नम्बरको पर्यटक बसमा पनि  तोडफोड गरेका छन् हेटौडा, चितवन, बुटवल, विराटनगर लगायतका अन्य क्षेत्रहरुमा पनि सवारी साधन तोडफोड भएको खबर प्राप्त भएको
एकीकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चाले आज बिहानैबाट आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै झापाको मेचीनगर बिर्तामोड नगरपालिकामा दुईवटा ट्रकमा आगजनी भएको भने दमकमा तीनवटा सवारीमा बन्दकर्ताले तोडफोड गरेका छन्

मोटरसाइकललाई समेत सञ्चालन हुन नदिने जनाउँदै बिहानैबाट सडकमा उत्रिएका बन्दकर्ताले झापाको मेचीनगर नगरपालिका११ स्थित प्यारीभिट्टामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना२ख ९९२४ नम्बरको अदुवा बोकेको ट्रकमा आगजनी गरेका छन् भने बिर्तामोड नगरपालिकास्थित चारपाने सडकखण्डमा भारतीय नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए
 
पोखरामा बिहान बजेसम्ममा यहाँ तीनवटा सवारीसाधनमा तोडफोड गरिएको

पोखराको प्रस्याङमा ग१ज २९५९ नम्बरको माइक्रो बस पोखराको फिर्केमा ग१झ २९६१ नम्बरको ट्याक्सीमा  आगजनी गरेका छन् माइक्रो बन्दकताले लगाएको आगोको कारण जलेर ध्वस्त भएको विहान साढे पाचँ बजे नै ग्यारेजमा लैजादै गर्दा पाचँ जनाको समुहमा आएका युवाले पेट्रोल छर्केर आगो लगाएको चालक विर बहादुर कार्कीले बताएका छन्

त्यसै गरि आगजनीबाट सिटि बसको सीट जलेर नष्ट भएको भने छतमा पनि सामान्य क्षती भएको यसैबीच पोखराको पृथ्वीचोकमा पनि एउटा बसमा तोडफोड भएको धरानबाट पोखरा आएको बसले पृथ्वीचोक नजिक सामान झार्दै गर्दा ना ७६८८ नम्बरको बसलाई बन्दकर्ताले तोडफोड गरेका हुन्
यस्तै पृथ्वीचोकमै एउटा मोटरसाईकलमा पनि तोडफोड भएको घरायसी कामका लागि बजारमा निस्किँदै गर्दा बा ३५ २१९८ नम्बरको मोटरसाईललाई पृथ्वीचोक नजिक बन्दकर्ताले रोकेर तोडफोड गरेका कास्की प्रहरीले जनाएको

चितवनमा पनि बन्दको प्रभाव परेको बिहानै बन्दकर्ताले चितवनमा तीनवटा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको खैरहनीस्थित साईबाबा ग्यास उद्योगअगाडि ना४ख ८५२३ नम्बरको ट्रकमा आगजनी गरिएको हो
 
यस्तै भरतपुरको मिलनचोकमा पूर्वतर्फ जाँदै गरेको ना३ख २५८६ नम्बरको ट्रक मुगलिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३८४१ नम्बरको ट्रकमा भरतपुर रामनगरमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको

रुपन्देहीमा पनि बन्दका कारण भारत तथा तेस्रो मुलुकबाट पैदल मार्ग हुँदै नेपाल भित्रिने पर्यटक समस्यामा परेका छन्
भगवान् गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि आएका नेपाल भारत नाका वेलहियाहुदै नेपाल प्रवेश गरेका पर्यटक सहज रुपले लुम्बिनी पुग्न नसक्ने अवस्था आएपछि रुपन्देही प्रहरीले स्कटिङ गरेर लुम्बिनीसम्म पुर्याएको जनाएको पैदल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रने नाकाका रुपमा रहेको वेलहियाबाट दैनिक सयौँ पर्यटक आउने गर्दछन्

रुपन्देही प्रहरी प्रवक्ता रमेश पोखरेलका अनुसार पर्यटक सीमानाका वेलहियामा अलपत्र परेपछि उनीहरुलाई प्रहरीले स्कटिङ गरेर लुम्बिनीसम्म पुर्याएको हो

यसैबीच, राजधानीमा बन्दको विरोधमा प्रदर्शन गरिएको उनीहरुले शहरका विभिन्न स्थानमा मौन जुलुस निकालेका छन् यसक्रममा माइतीघर मण्डलामा बन्दकर्ता बन्द विरोधी समूहबीच झडवको स्थिति आएपनि प्रहरीले नियन्त्रणमा लियो


 



Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top